LISTEN LIVE RADIO

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने



प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

काठमाडौँ १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिने भएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका सञ्चार सल्लाहकारले उक्त जानकारी गराएका हुन्।

प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’

यसका साथै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि मान्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने थापाले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे