LISTEN LIVE RADIO

पूर्वप्रधानमन्त्री तथा जसपाका सङ्घीय परिषद् अध्यक्षबाबुराम भट्टराई उपचारका लागि आज भारत जाँदै



पूर्वप्रधानमन्त्री तथा जसपाका सङ्घीय परिषद् अध्यक्षबाबुराम भट्टराई उपचारका लागि आज भारत जाँदै

काठमाण्डाै ९ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट भारतको नयाँ दिल्ली जान लाग्नु भएको हो । उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाण्डाैको निदान अस्पतालमा परीक्षण तथा उपचार हुँदै आएको थियो ।

डाक्टरले न्यूरोइन्डोक्राइनको ट्युमर भएको आशङ्का गरेकाले उपचारका लागि भट्टराई दिल्ली जान लाग्नुभएको उहाँका उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँ रहेको नेपाली दूतावासमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे