LISTEN LIVE RADIO

कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)



कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)

काठमाण्डाै १९ माघ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालकाअनुसार ६ हजार ९ सय १६ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । यस्तै, ३८ हजार ४ सय ८० जनाले ३ दशमलव २१ देखि ३  दशमलव ६० सम्म जीपीए ल्याएका छन् ।  यसैगरी, ७६ हजार ८ सय ४१ जनाले  २ दशमलव ८१ देखि ३ दशमलव २० ल्याएका छन्  ।

२.४१ देखि २ दशमलव ८० ल्याउने विद्यार्थीको संख्या एक लाख ९ हजार ३ सय १२ छ । यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४ सय २७ रहेको छ । यसैगरी, सात हजार १ सय ६४ जनाले १ दशमलव ६१ देखि २ दशमलव शून्य, ३ सय ३३ जनाले १ दशमलव २१ देखि १ दशमलव ६०, चार जनाले शून्य दशमलव ८१ देखि १ दशमलव २० र १८ हजार ८ सय ३९ जनाले ० देखि ० दशमलव ८० जीपीए पाएका छन्।

यसपालि नियमिततर्फ ३ लाख १० हजार ३ सय १६ जनाले, गेडवृद्धितर्फ ९१ हजार ९ सय र आंशिकतर्फ ३१ हजार ५५ जनाले परीक्षा दिएका थिए । आंशिकतर्फका एक जनाको परीक्षा रद्द भएको छ भने ६ हजार ३ सय २० जनाले परीक्षा स्थगित गरेका छन् । कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट पनि थाहा पाउन सकिन्छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np  र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।

यसैगरी, नेपाल टेलिकमको नम्बर १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । यसपालि कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे