दाङमा २९ जना कुष्टरोगका विरामी



दाङमा २९ जना कुष्टरोगका विरामी

दाङ १८ माघ । दाङ सहित देशभर ६८ औँँ विश्वकुष्ट रोग दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा दाङमा अन्र्तक्रिया कार्यक्रम तथा सरकारी अस्पताल र कार्यालयमा सचेतना बोर्ड राखीएको स्वास्थ्य कार्यालय दाङका अंगद बहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार आज घोराहीमा सरोकारवाहरु बिच अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।यस्तैगरी कुष्टरोग सम्वन्धी सन्देशमुलक बोडहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, जिल्ला प्रशासन कार्यालय दाङ राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर, लमही अस्पताल , घोराही र तुलसीपुरका मालपोत कार्यालय लगाएतका दश वटा सरकारी कार्यालयमा राखीएको प्रमुख शाहीले जानकारी दिएका छन् ।

जिल्लामा अझै २९ जना कुष्टरोगका विरामी रहेका छन् । ती मध्ये १४ जनाको सर्ने खालको र १५ जनाको नसर्ने खालको संक्रमण रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिएका छन् । तुलसीपुरमा मात्रै कुष्टरोगका चार जना विरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे