LISTEN LIVE RADIO

लाइसेन्सकाे परीक्षा लिन सुरु गरिएको अनलाइन आवेदन प्रणालीमा पनि समस्या



लाइसेन्सकाे परीक्षा लिन सुरु गरिएको अनलाइन आवेदन प्रणालीमा पनि समस्या

काठमाण्डाै १७ माघ । चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा समस्या देखिएको छ । आवेदकले अनलाइनमार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताए ।

यस्तै अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उनको भनाइ छ । अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभागको आइटी डाइरेक्टरसमेत रहेका वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताए ।

अनलाइन प्रणालीमार्फत आवेदन दिन लगाएर मात्रै नहुने भन्दै उहाँले बेलाबेला विभिन्न समस्याहरु आइरहने गरेको बताए । उनकाअनुसार अहिले अनलाइन प्रणालीमा देखिएका समस्याको समाधान गर्ने काम भइरहेको छ ।

यस्तै एउटा डिभाइसबाट एकजनाले मात्रै अनलाइन आवेदन भर्न सकिने भएको छ । विचौलियाहरुको धेरैे चलखेल गर्न नपाओस् भनेर यस्तो गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे