LISTEN LIVE RADIO

आगामी वैशाखमा निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गर्न प्रक्रिया सुरु



आगामी वैशाखमा निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गर्न प्रक्रिया सुरु

काठमाण्डौ ८ माघ । सरकारले आगामी वैशाखमा निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गने प्रक्रिया सुरु गरेको छ । वैशाख १७ र २७ गते दुई चरणमा गर्ने भनेर घोषित निर्वाचनका लागि एक लाख म्यादी प्रहरी थप्नुपर्ने गृह मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार नेपाल प्रहरीले भर्ना प्रक्रिया सुरु गरेको हो ।

२०७४ सालमा भएको पछिल्लो प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा ९८ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन आयोगले मतदान केन्द्र तोक्ने काम सकेपछि आवश्यक सुरक्षा जनशक्तिको विषयमा बताउन सकिने भएपनि एक लाखको हाराहारीमा म्यादी प्रहरी थप्नै पर्ने विगतको अनुभवअनुसार प्रक्रिया सुरु गरेको बताए । मतदान केन्द्र तोकिसकेपछि प्रत्येक केन्द्रको सुरक्षा अवस्था मुल्याङ्कन गरेर त्यसलाई वर्गीकरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे