LISTEN LIVE RADIO

माघे संक्रान्तिका दिन माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



माघे संक्रान्तिका दिन माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ २६ पुस । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आईतवार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रधानमन्त्री ओलीले बताए । यो बिदा थारु जातीका लागि मात्रै नभइ अरु जातीले पनि मनाउँने भएका कारण जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको बताए ।यस्तैगरी लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे