LISTEN LIVE RADIO

पूर्व प्रधानन्यायाधीशको वक्तव्य प्रतिप्रधानमन्त्रीको आपत्ति



पूर्व प्रधानन्यायाधीशको वक्तव्य प्रतिप्रधानमन्त्रीको आपत्ति

काठमाण्डौ २६ पुस । प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्य प्रतिआपत्ति जनाएका छन् । आफ्नो पक्षका युवा संघका अगुवाकार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतलाई नधम्क्याउन सचेत गराएका छन् ।

एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छेले यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेको भन्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरे । न्यायधिस जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्चअदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनिक्रियाकलापगर्न नसुहाउने पनिउहाँले बताउनुभयो ।आफूहरुले कहिल्यै न्यायपालिका विरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको पनिप्रधानमन्त्री ओलीले बताए ।

पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराजशर्मा, कल्याण श्रेष्ठ र सुशीलाकार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गरी ‘वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे