LISTEN LIVE RADIO

राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला गर्न निर्देशन



राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला गर्न निर्देशन

काठमाडौं २४ पुस । राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला गर्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे