LISTEN LIVE RADIO

राष्ट्रिय सभाको तेस्रो बैठक शुक्रबार बस्ने



राष्ट्रिय सभाको तेस्रो बैठक शुक्रबार बस्ने

काठमाडौं २३ पुस । राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरियो ।

त्यस्तै आजको बैठकमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम, खिमलाल भट्टराई, राम लखन चमार, शेरबहादुर कुँवर, कांग्रेस रमेशजंग रायमाझी, प्रकाश पन्थ, अनिता देवकोटा, जनता समाजवादीका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका रामनारायण बिडारी र बिमला राई पौड्यालले पनि आफ्नो धारणा राखेका थिए । राष्ट्रियसभामा बोल्ने अधिकांश सदस्यहरुले संसद विघटनको विषयमा धारणा राखेका थिए । केहीले अदालतमा पुगिसकेको विषय भएकोले त्यसको विषयमा धेरै बोल्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे