LISTEN LIVE RADIO

नेकपा उपाध्यक्ष गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित



नेकपा उपाध्यक्ष गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित

काठमाडौ २३ पुस । राष्ट्रियसभाको विहिवारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ ।राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो ।

बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६-०७७ पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे