LISTEN LIVE RADIO

नेपाली काँग्रेसद्धारा बिरोधका कार्यक्रम सार्वजनिक



नेपाली काँग्रेसद्धारा बिरोधका कार्यक्रम सार्वजनिक

काठमाडौ २० पुस  । चौतर्फी दबाबपछि प्रमुख प्रतिपक्ष काँग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केहीदिन स्थगित भएर आईतवार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमाविरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । काँग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रम सँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे