दाङ जिल्ला उद्योग बाणिज्य संघको आज निर्वाचन हुँदै, सम्पूर्ण तयारी पुरा



दाङ जिल्ला उद्योग बाणिज्य संघको आज निर्वाचन हुँदै, सम्पूर्ण तयारी पुरा

घाेराही २० पुस ।दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनको सम्पुर्ण तयार पुरा भएको छ । आज सोमवार विहान ८ बजेदेखी बेलुकी पाँच बजेसम्म मतदान गर्ने समय तालिका रहेको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका संयोजक शिव प्रसाद घिमिरेका अनुसार निर्वाचनका लागी बुथ र आचारसहिंताको बारेमा अन्तिम सुचना जारी गरिएको छ ।

मतदानका लागी बुथ १ देखी ६ सम्म राख्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिमका बाबजुद पनि स्वास्थ्य सुरक्षा अपनाउदै मतदान गर्ने व्यवस्था मिलाईनेछ । मतदानका लागी महिला, पुरुष र असाहाय र अपाङगताहरुको लागी छुट्टाछुट्टै लाईन बनाउने तयारी गरिएको छ ।

संघको आगामी नेतृत्वका लागी भोली अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो । संघको २१ सदस्यिय कार्यसमिति मध्ये दुई पदमा मात्रै निर्वाचन हुन लागेको छ । संघको अध्यक्ष पदमा सयुक्त प्यानलबाट टंकसिंह बुढाथोकी र स्वतन्त्रबाट बसन्त जोशी उम्मेदवार बनेका छन् भने कोषाध्यक्षमा सयुक्त प्यानलबाट सुसील पोख्रेल र स्वतन्त्रबाट धनपति शर्मा उम्मेदवार रहेका छन् । अन्य पदमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । जिल्लामा चार हजार तिन अरतिस मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे