प्रचण्ड–नेपालपक्षले बोलायो संसदीयदलको बैठक



प्रचण्ड–नेपालपक्षले बोलायो संसदीयदलको बैठक

काठमाडौ  ८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपालपक्षले आज संसदीयदलको बैठक बोलाएको छ। बैठकबिहान साढे ११ बजे बैठकबोलाइएको हो। पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने भोलिका लागि तोकिएको छ । हिजो बबरमहलस्थित एक सभाहलमा भएको प्रचण्ड–नेपालपक्षको केन्द्रीय कमिटीको बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन समेत गरेको छ ।

यस्तै संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने निर्णय पनिउक्तपक्षले गरेको छ । आन्दोलनका कार्यक्रम भोलितय गरिने जनाइएइको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका कार्यकर्तालाई सशक्त रुपमा आन्दोलनमा लाग्न पनि आव्हान गर्नुभएको छन्। यस्तै ओलीपक्षले पनि बालुवाटारमा हिजो नै केन्द्रीय कमिटी बैठक गरेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे