केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भोली बिहान ११ बजे राष्ट्रपति निवासमा हुने



केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भोली बिहान ११ बजे राष्ट्रपति निवासमा हुने

काठमाण्डाै  ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतवार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने साेमवार हुने छ । ‍प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोली बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुने छ । सबै सांसदहरूलाई बिहान साढे १० बजे भित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।

ओली अहिले चाैथाेपटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ सालको असोज २४ गते र दोस्रोपटक २०७४ सालको फागुन ३ गते र तेस्राेपटक २०७८ सालकाे वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य भएसँगै ओली प्रधानमन्त्री बनेका हुन् । अर्को चुनाव सम्म एमाले र कांग्रेसले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे