LISTEN LIVE RADIO

संवैधानिक परिषद्को बैठकमा काँग्रेस सभापति देउवा सहभागी नहुने, बैठक प्रभावित हुने सम्भावना



संवैधानिक परिषद्को बैठकमा काँग्रेस सभापति देउवा सहभागी नहुने, बैठक प्रभावित हुने सम्भावना

काठमाडौँ २७ मंसिर । विपक्षी दलका नेता शेरबहादुर देउवाले आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा आउन नसक्ने जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् । बैठकमा नेपाली काँग्रेसका सभापति देउवा सहभागी नहुने भएपछि बैठक प्रभावित बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे