LISTEN LIVE RADIO

जग्गाकाे कित्ताकाट रोक्न सर्वोच्च अदालत फैसला



जग्गाकाे कित्ताकाट रोक्न सर्वोच्च अदालत फैसला

काठमाडौ २४ मंसिर । सर्वोच्च अदालतले जग्गा कित्ताकाटको निर्णय रोक्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश मनोज शर्माको संयुक्त इजलासले मंगलवार सरकारको नाममा रिट जारी गर्दै यस्तो फैसला गरेको हो । सर्वोच्चको यो फैसलासँगै जग्गाको कित्ताकाट खुला गर्ने आफ्नै निर्णय कार्यान्वयनबाट सरकार पछि हट्नुपर्ने भएको छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले यसबारेमा फैसलाको पूर्ण पाठ आउँन भने बाँकी नै रहेको जानकारी दिए । गत भदौको २८ गते अधिवक्ता सन्तोष भण्डारीले जग्गा कित्ताकाटको सरकारी निर्णयविरुद्ध चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथिको सुनुवाइपछि जग्गाको कित्ताकाट रोक्दै कृषियोग्य जमिन नमास्न आफूले रिटमार्फत गरेको माग सम्बोधन भएको अधिवक्ता भण्डारीले बताए ।सरकारले गत भदौको १८ गते जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो, जुन सरकारी निर्णय २०७३ सालमा सरकार आफैले गरेको निर्णय विपरीत थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे