LISTEN LIVE RADIO

नेपाली कांग्रेसले मंसिर २९ गते देशभर सरकार विरुद्ध सडक संघर्ष गर्ने



नेपाली कांग्रेसले मंसिर २९ गते देशभर सरकार विरुद्ध सडक संघर्ष गर्ने

काठमाडौं २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यही मंसिर २९ गते सोमबार सबै जिल्लामा सरकारविरुद्ध विरोध, र्‍याली तथा आमसभा गर्ने निर्णय गरेको छ ।

सरकार भ्रष्टाचार, अनियमिततामा रुमलिएको मात्र होइन, तनहुँ घटनाबाट मुलुकमा सर्वसत्तावाद लाद्न खोजेकाले विरोधका कार्यक्रम तय गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जाकारी दिए । उनकाअनुसार बैठकमा कोभिड–१९ नियन्त्रणमा सरकारको उदासीनता र नागरिक आवाजको थलो संसद सञ्चालन गर्न सरकारलाई दबाब दिने निर्णय भएको छ ।

बुधबार तनहुँमा पुल उद्घाटनको विषयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनामा पार्टीको धारणा बनाउन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए । बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे