भन्सार विधेयक र विद्युत् विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय



भन्सार विधेयक र विद्युत् विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाण्डाै १२ भदाै ।  सरकारले भन्सार विधेयक र विद्युत् विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनका अनुसार सरकारले प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्स बीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् । यस्तै बैठकले नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेकाे उनले जानकारी दिइन् । बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे