LISTEN LIVE RADIO

कांग्रेस सांसद सुनील शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न जिल्ला अदालतकाे आदेश



कांग्रेस सांसद सुनील शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न जिल्ला अदालतकाे आदेश

काठमाण्डाै २६ साउन । काठमाण्डाै जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई हिजो बिहीवार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको योग्यता हासिल गरेको आरोपमा पक्राउ गरेर आज शुक्रवार हिरासतमा राख्न म्याद थपका लागि आग्रह गरेको थियो । तर काठमाण्डाै जिल्ला अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।

शर्माकै जस्तै कसुरमा पक्राउ परेका अरू सात जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शर्मा प्रतिनिधि सभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि थुनामा राखिराख्नुपर्ने आवश्यक नदेखिएको अदालतको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे