एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित



एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

काठमाण्डाै १० साउन । नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ ।

आज बुधवारकाे बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएकाे हाे । एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे पनि संलग्नता रहेकाे भन्दै उनकाे राजीनामा पनि मागेकाे छ ।

अब अर्काे बैठक साउन १५ गते साेमवारका लागि बाेलाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे