कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा, राजीनामा नदिए संसदमै अनशन बस्ने



कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा, राजीनामा नदिए संसदमै अनशन बस्ने

काठमाण्डाै १० साउन । सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

आज बुधवारकाे संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् । दुई जना मन्त्रीले राजीनामा नदिएमा संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनीदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे