नवनिर्वाचित सांसदद्वय लामिछाने र वाग्लेद्वारा शपथ ग्रहण : उपेन्द्र यादव अनुपस्थित



काठमाण्डाै १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रतिनिधि सभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

गएको वैशाख १० गते भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् । त्यस्तै, बारा–२ बाट उपेन्द्र यादव विजयी भएका थिए । आजको शपथ ग्रहणमा उनी अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे