लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति



भालुवाङ १४ वैशाख । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको तर कसले कति समय नेतृत्व गर्ने भन्ने नभएको बताए ।

‘आलोपालो गर्ने सहमति भएको हो तर कुन दलले कति समय नेतृत्व गर्ने टुंगो लागेको छैन’, तिमिल्सेनाले भने, ‘मुख्यमन्त्री नियुक्त भएपछि बसेर थप सहमति गर्ने भन्ने छ ।’८७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २९, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा,लोसपा र जनमतका ३–३ जना, राष्ट्रिय जनमोर्चा,एकीकृत समाजवादी र स्वतन्त्रका एक–एकजना सांसद छन् । अनलाइन खवरबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे