LISTEN LIVE RADIO

राष्ट्रिय सभा उप–चुनावका लागि आयोगले दिएको दल दर्ताकाे समयसीमा आज सकिँदै



राष्ट्रिय सभा उप–चुनावका लागि आयोगले दिएको दल दर्ताकाे समयसीमा आज सकिँदै

काठमाण्डाै २८ पुस । राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको समयसीमा दिएको छ ।

अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको    रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ ।

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि आयोगमा निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे