काे हुन् त भिमप्रसाद गौतम ? किन मनायाैँ जसपाले आज देशैभर गाैतमकाे श्रद्धाञ्जलीसभा



काे हुन् त भिमप्रसाद गौतम ? किन मनायाैँ जसपाले आज देशैभर गाैतमकाे श्रद्धाञ्जलीसभा

हाेमप्रसाद शर्मा

तनहुँ जिल्ला बन्दीपुर-१ पिप्लेमा बुवा देवीप्रसाद गौतम र आमा हरिमाया गौतमकाे काेखबाट २००६ चैत्र २६ गते जन्मिनु भएका भिमप्रसाद गौतम बन्दीपुर निवासी रामनाथ भट्टराई र लक्ष्मीनाथ भट्टराईको प्रेरणाले २०३२ सालमा स्वनाम साथी ‘सुमन’ ले नेतृत्व गर्नुभएको सर्वहारावादी कम्युनिष्ट लिग(सकली)मा सँगठित भई २०३३ सालमा भिमप्रसाद गौतम तनहुँ जिल्ला समिती सदस्य बन्नु भयो ।

उहाँ त्यसपछि कार्यालय सचिवको भूमिकामा कृयाशिल भई २०३८ सालमा रुपलाल विश्वकर्माले नेतृत्व गर्नुभएको नेपाल मजदुर किसान सँगठन सँग सकलीको एकता भएर बनेको सर्वहारावादी श्रमिक सँगठनको २०३८ सालमा केन्द्रिय सदस्य बन्नुभयो  ।

नेपाली क्रान्तिको विशेषता कृषि क्रान्ति हो भन्ने मान्यता अनुरुप २०४० साल देखि सामन्तको काम वहिष्कार आन्दोलनको नेतृत्व गर्दै २०४३ पुष देखि २०४४ असार १९ सम्म चलेको तनहुँ, बन्दीपुर-१ को कुखुरे खेत मोही आन्दोलन, २०४६ बाट सुरुभएको पाङग्रे मोही संघर्ष, २०४४ मंसिरको डुडे खेत संघर्ष, भानु-१ कल्याणीटारमा २०६०/०६१ को मोही संघर्षको नेतृत्व गर्नुभयो ।

तात्कालिन पार्टी महासचिव रुपलाल विश्वकर्माको आँखा उपचारको लागि आफ्नै जमिन बेची उपचार गराउनु भयो । त्यसैगरी २०४८ मा मशाल, चौम, सर्वहारावादी श्रमिक संगठन, विद्रोही मसाल, जनमुखी मिलेर बनेको ने.क.पा.(एकता केन्द्र)को केन्द्रिय सदस्य भई अखिल नेपाल किसान सङ्घ् (२००७) को केन्द्रिय अध्यक्ष, जनमोर्चा नेपालको केन्द्रिय उपाध्यक्ष, २०५९ मा ने.क.पा.(एकता केन्द्र-मसाल)को पोलिट व्युरो सदस्य, २०६५ मा एकिकृत ने.क.पा.(माओवादी)को पि.वि.एम. बन्नुभयो  ।

त्यसैगरी गाैतम २०६४ को प्रथम संविधान सभाको निर्वाचनबाट सभासद हुँदै २०६८ सालमा बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा भूमि सुधार तथा व्यवस्था मन्त्री समेत बन्नु भएका भिमप्रसाद गौतम त्यसपछि नयाँ शक्ति पार्टी नेपाल हुँदै समाजवादी पार्टीको केन्द्रीय सल्लाहकार समेत रहनु भएकाे थियाे । गौतम हालको जसपाको समेत सल्लाहकार समिति अध्यक्ष भई संसारवाट विदालिनु भयो ।

“अलबिदा भिमप्रसाद गौतम “

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे