दाङकाे बेलझुण्डीमा स्वर्गीय भिमप्रसाद गाैतमकाे श्रद्धाञ्जलीसभा सम्पन्न



दाङकाे बेलझुण्डीमा स्वर्गीय भिमप्रसाद गाैतमकाे श्रद्धाञ्जलीसभा सम्पन्न

होमप्रसाद शर्मा, भालुवाङ ८ मंसिर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्ब भुमि सुधार मन्त्री स्वर्गीय भिमप्रसाद गाैतमकाे निधन भएकाे आज साेमबार १३ औँ  दिनकाे  पुण्यतिथीकाे अवसरमा देशैभर  श्रद्धाञ्जलीसभा गरिएकाे छ ।

तनहु जिल्ला बन्दीपुर-१ पिप्लेमा घर भएका गाैतमकाे जन्म २००६ चैते २६ गते भएकाे थियाे भने २०७७ कार्तिक २७ गते निधन भएकाे थियाे । गाैतम लामाे समय देखि निमोनिया र मधुमेहको बिरामी थिए । उनकाे उपचारको क्रममा CMC हस्पिटल चितवनमा निधन भएको थियाे ।

यसैबीच जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिति मातहात रहेका १२ वटै जिल्लामा यहि मंसिर ८ गते दिउँसो १२:०० वजे श्रद्धाञ्जलीसभा कार्यक्रम गर्ने निर्णय अनुसार जसपा दाङले पनि साेमबार दाङकाे बेलझुण्डीमा स्वर्गीय भिमप्रसाद गाैतमकाे १३ औँ  दिनकाे  पुण्यतिथीकाे श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न गरेकाे छ ।

पार्टीका जिल्ला उपाध्यक्ष माेहन वलीकाे अध्यक्षता एवम्  केन्द्रीय सदस्य शरण बाठाकाे प्रमुख आतिथ्यता तथा  केन्द्रीय सदस्य साेमराज जनैदारकाे बिशिष्ट आतिथ्यतामा श्रद्धाञ्जलीसभा सम्पन्न भएकाे हाे ।

सभामा संघीय परिषद् सदस्य कुलबहादुर घर्ती, प्रदेश कमिटी सदस्य जिल्ला पदाधिकारीहरुकाे उपस्थिती रहेकाे थियाे । सभाकाे सञ्चालन जिल्ला सह-सचिव बिबेक वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे