एकीकृत समाजवादी सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुङ्गो लाग्ने



एकीकृत समाजवादी सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुङ्गो लाग्ने

काठमाण्डाै १७ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताए । आइतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव खतिवडाले यस्तो बताएका हुन् ।

उपमहासचिव खतिवडाले पार्टीले सोमवारका लागि पोलिटब्युरो बैठक डाकेको पनि बताए । पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा मात्रै सरकारमा जाने/नजाने भन्ने विषयको टुङ्गो लाग्ने उनले बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘पोलिटब्युरो बैठकले दिने सुझावका आधारमा मात्र यी विषयहरूमा थप धारणा बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । पार्टी एकता बाहिरको हल्लामात्रै हो ।’ उपमहासचिव खतिवडाले स्थायी कमिटी बैठकले पार्टी निर्माण, सुदृढीकरण र विस्तारका बारेमा छलफल गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे