प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प



प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प

काठमाण्डाै ७ पुस । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार खराब मौसमका कारण दुई वटा विमान होल्डमा छन् । नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उनले जानकारी दिए ।

यस्तै, आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ । विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे