LISTEN LIVE RADIO

निर्वाचन आयाेगले मंसिर २६ गते समानुपातिक तर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने



निर्वाचन आयाेगले मंसिर २६ गते समानुपातिक तर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने

काठमाण्डाै  २४ मंसिर । निर्वाचन आयोगले मंसिर २६ गते (सोमवार) सम्म समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरुले शनिवार आज बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् । हालै सम्पन्न चुनावमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट सङ्ख्या प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले त्यही अनुसार काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे