LISTEN LIVE RADIO

प्रतिनिधि सभाको १ सय ६५ मध्ये ८० ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?



प्रतिनिधि सभाको १ सय ६५ मध्ये ८० ठाउँको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

काठमाण्डाै ८ म‌सिर । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ८० वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार कांग्रेस २९, एमाले १८, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ ठाउँमा विजयी भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुई ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।

कसले कहाँ जिते ?

नेपाली कांग्रेस :

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १–शशांक कोइराला
तनहुँ १–रामचन्द्र पौडेल
सिन्धुली १ – श्यामकुमार घिमिरे
बाँके ३–किशोर सिँह राठोर
भक्तपुर २–दूर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाइ
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

नेकपा एमाले :

धनकुटा राजेन्द्रकुमार राई
झापा ४– लालप्रसाद साँवा लिम्बु
सोलुखुम्बु १– मानवीर राई विजयी
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली
ताप्लेजुङ –योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

नेकपा माओवादी केन्द्र :

दाङ २–रेखा शर्मा
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’ । आधिकारिक घोषणा बाँकी छ ।
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट–शक्ति बस्नेत
वाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुम पूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल

नेकपा एकीकृत समाजवादी :

खोटाङ –रामकुमार राई
रौतहट १ –माधवकुमार नेपाल
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी :

चितवन २ – रवि लामिछाने
ललितपुर ३–डा. तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोविता गौतम
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा :

मकवानपुर १–दिपकबहादुर सिँह
बाँके २ – धवल शमशेर राणा
जुम्ला–ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)

लोसपा :

सर्लाही १ –रामप्रकाश चौधरी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल
नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

राष्ट्रिय जनमोर्चा :

बागलुङ १ –चित्रबहादुर केसी

जनमत पार्टी :

सप्तरी २– सिके राउत
जनता समाजवादी पार्टी
पर्सा २ – प्रदीप यादव

नेमकिपा :

भक्तपुर १–प्रेम सुवाल

स्वतन्त्र :

बर्दिया–२ लालविर चौधरी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे