LISTEN LIVE RADIO

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेट, पार्टी विवादका विषयमा छलफल



नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेट, पार्टी विवादका विषयमा छलफल

काठमाण्डाै २ मंसिर । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बिहान भएको भेटमा पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भोलीका लागि तय गरिएको बैठक सार्नुपर्ने पक्षमा हुनुहुन्छ भने प्रचण्ड लगायत सचिवालयका बहुमत सदस्य भोलि नै बैठक बस्नुपर्ने पक्षमा छन् । विवाद बढेपछि महासचिव पौडेलले दुई अध्यक्ष सँग भेटवार्ता गरेर सहजीकरणको प्रयास गरिरहेका छन् । ओलीले प्रचण्डले आफुलाई विभिन्न आरोप लगाउँदै पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

त्यसका लागि ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेतासँग पनि छलफल गरेका छन् । नेताहरुलाई आफ्नो पक्षमा मनाएर प्रस्ताव फिर्ता गराउने ओलीको प्रयास असफल भएको छ । बहुमत सदस्यले प्रचण्डको प्रस्ताव आफ्नो पनि भएको ओलीलाई जवाफ दिएका छन् । विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष–विपक्षमा आरोप प्रत्यारोप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे