नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक बिदा



नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक बिदा

बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

काठमाडौं २ मंसिर । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।

नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।

स्राेत अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे