LISTEN LIVE RADIO

नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास



नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं १ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक नेपाल संवतले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले ने.सं. ११४१ का अवसरमा आज मध्यपुरथिमिमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा साेमबार राष्टपति भण्डारीले दिएकाे शुभकामना सन्देशमा नेपाली समाज सभ्य र सहिष्णु समाज भएकाले हाम्रा चाडपर्वलाई असल परम्पराले थप सुदृढ बनाउँदै लगेको जनाउँदै नेसंलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएन्।

शुभकामना सन्देशमा भनिएको छ, “लिच्छविकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस संवतलाई प्रचलनमा ल्याएको पाइन्छ, आजको दिन राष्ट्रिय विभूति साख्वाःको उक्त परोपकारी कामलाई स्मरण गर्दै समाजको उन्नति र प्रगतिमा निःस्वार्थ भावनाले अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे