सांसद गंगा चाैधरीले पत्रकार खनाललाई धर्मभाई बनाई लगाई दिइन् भाईटिका



सांसद गंगा चाैधरीले पत्रकार खनाललाई धर्मभाई बनाई लगाई दिइन् भाईटिका

देउखुरी टुडेकर्मी, भालुवाङ १ मंसिर ।

प्रतिनिधिसभा सदस्य गंगा चाैधरीले संञ्चारकर्मी तथा नेकपाका युबा नेता नेत्र खनाललाई भाईटिका लगाई दिएर तिहार मनाएकी छिन् । आफ्नो दाईभाईलाई टिका लगाउन नपाएकी सांसद चाैधरीले लामाे समय पत्रकारिता क्षेत्रमा काम गरेका खनाललाई धर्म भाई बनाएर टिका लगाइदिएकी हुन् ।

राजनीति यात्रामा राष्ट्र र राष्ट्रियताकाे बिषयमा दरिलाे खम्बाकाे आबाज बुलन्द पार्ने सांसद चाैधरीले काेरोना कहरका बिचमा पनि धर्म भाई बनाई खनाललाई टिका लगाइदिएकी हुन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँ स्थित आफ्नै निबासमा सांसद चाैधरीले धर्मे भाई खनाललाई टीका लगाई दिएकी थिइन् ।

टिका ग्रहणपछि भाई खनालले आफ्नो गच्छे अनुसार दिदीलाई दक्षिणा दिएका थिए । भने दिदी चाैधरीले पनि भाई खनाललाई लामो आयु तथा दिर्घायुको कामना गर्दै मिठामिठा खानेकुरा खान दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे