LISTEN LIVE RADIO

सांसद शाह निर्विकल्प , अरु दलका उम्मेदवार छनाैटमै सकस



सांसद शाह निर्विकल्प , अरु दलका उम्मेदवार छनाैटमै सकस

कपिलवस्तु । सानै उमेरमा चाैथाे पटक सांसद बनेका नेता अभिषेक शाह अहिले जिल्लाकाे क्षेत्र ३ मा निर्विकल्प उम्मेदवार बनेका छन ।

बुवा स्व. अजय प्रताप शाहकाे निधनपछि राप्रपाबाट मनाेनित भई सबभन्दा कान्छाे सांसद बन्न पुगेका शाहले आफ्नाे राजनितिक पारी शुरु गरेका थिए ।
जन आन्दोलन र मधेश आन्दोलन पछि प्रथम संविधान सभा निर्वाचन ०६४ साल लगभग १६ बर्षदेखि देखि कपिलवस्तुको पश्चिमी क्षेत्रमा चुनाव जित्दै आएका अभिषेक प्रताप शाह आसन्न चुनावमा के गर्छन सबैलाई चासो छ । मंसीर ४ गते तोकिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं. ३ मा भने निर्विकल्प देखिएका छन् सांसद शाह ।

०६४ सालमा कमै उमेरमा चुनाव जित्ने मध्येका एक थिए शाह । नेपालका कान्छो सभासद् बनेर चर्चा कमाएका शाह ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि शानदार रुपले विजयी भए ।

तत्कालिन संघीय समाजवादी फोरमले देशभर चुनाव हार्दा शाहले सोही पार्टीबाट ०७० मा चुनाव जितेका थिए ।

देशभर खस्कदो पार्टीको साख शाहले बचाएका थिए ।

०७४ मा निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेस प्रवेश गरेका शाहले बामगठबन्धनका इश्वर दयाल मिश्र र पाका नेता मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए ।

मिश्र ०६४ मा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट तत्कालिन क्षेत्र नं. ४ मा चुनाव जितेका अनुभवि नेता थिए भने गुप्ताले बहुदल पश्चात पटक-पटक चुनाव लडेको अनुभव सम्हालेका थिए ।

दुबै नेतालाई पराजित गरेका नेता शाहले आसन्न निर्वाचनमा पनि आफू उम्मेद्वार रहेको मायादेवी अनलाइनलाई बताए ।

‘कपिलवस्तु ३ बाट म नै उम्मेद्वार हुँ । मैले पटक पटक चुनाव जित्दै आएको छु । यो पालि पनि पार्टीले मलाई नै टिकट दिन्छ, उनले भने ।’

नेता शाह पुनः सांसदको आकांक्षी भइरहदा अरु नेताहरुले खुलेरै प्रतिनिधिसभा ३ मा चुनाव लड्ने बताएका छैनन् । यद्यपि यो चुनावमा लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका प्रतिनिधिसभा ३ को प्रदेशसभा ‘२’ का सांसद विरेन्द्र कानौडिया पनि आकांक्षी देखिएको स्रोत बताउँछ । ०७४ सालमा पनि प्रतिनिधिसभा सदस्यको आकांक्षी रहेका कनौडियालाई पार्टीले प्रदेशमा टिकट दिएको थियो ।

केन्द्रमा रहेको ५ दलिय गठबन्धनबाट प्रतिनिधिसभा ३ मा कांग्रेसले टिकट पाउने लगभग पक्का छ । कांग्रेस भित्र कस्ले टिकट पाउँछ यसै भन्न सकिने अवस्था नभए पनि शाह यस क्षेत्रमा प्रवल दावेदार मानिन्छन् ।
सांसद शाहपछिका वरिष्ठ नेताद्वय एमालेका केन्द्रीय सल्लाहकार सदस्य मंगल प्रसाद गुप्ता , जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्रले पनि अहिले उम्मेदवारी घाेषणा गरेका छैन्न ।
गत स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाका नगरप्रमुखमा चाचा रजत प्रताप शाहलाई जिताउने सांसद शाहकाे लाेकप्रियता अन्य नेताभन्दा बढी रहेकाे स्पष्ट छ । हुन त शिवराज नगरपालिकामा चुनाव हराएको गम्भीर आरोप भने शाहमाथि लगाइएकाे थियाे । कांग्रेसको शिवराज नगर कार्य समितिले शाह माथि कारबाहीको माग गर्दै उपल्लो तहमा चिठ्ठी पठाएको छ। तर, शाह माथि कुनै एक्सन चालिएको छैन ।

गुटउपगुट रुपमा शाहमाथि आरोप लगाइएको उनी समर्थित नेता तथा कार्यकर्ता बताउँछन् । शाह इतर पक्षले भने शिवराजमा कांग्रेसलाई चुनाव हराएर राप्रपाका अजय थापालाई चुनाव जिताउन भूमिका खेलेको आरोप छ । यद्यपि शाहले भने यो आरोपलाई खण्डन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे