लुम्बिनी सहितका केही ठाउँमा बिहानै देखि वर्षा



लुम्बिनी सहितका केही ठाउँमा बिहानै देखि वर्षा

दाङ ९ असार । आज विहानैदेखि लुम्बिनीसहित केहि स्थानमा हल्का वर्षा भइरहेको छ । मौसमपूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी, गण्डकी र प्रदेश १ का केहि भूभागमा विहानै देखि वर्षा भइरहेको छ ।

अन्य प्रदेशमा भने हाल आंशिक देखि सामान्य बदली रहेको छ । आज केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षा हुने बुलेटिनमा छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे