नागरिकता विधेयक अघि बढाउने सत्तारूढ पाँच दलीय गठबन्धनकाे निर्णय



नागरिकता विधेयक अघि बढाउने सत्तारूढ पाँच दलीय गठबन्धनकाे निर्णय

काठमाण्डाै ८ असार । सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।  आज बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए । मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको बताए । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गरेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे