हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढयाे, आज देखि  मौसममा सुधार आउने



हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढयाे, आज देखि  मौसममा सुधार आउने

काठमाण्डाै १५ पुस । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आज देखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना भने रहेको उनले बताए ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ । यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ । काठमाण्डौको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो । अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो ।

आज भने दिउँसाे घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यस्तै, आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे