देश बनाउने स्पष्ट खाका एमाले सँग मात्र छ : उप-महासचिव गुरूङ



देश बनाउने स्पष्ट खाका एमाले सँग मात्र छ : उप-महासचिव गुरूङ

लुम्बिनी १३ पुस । नेकपा एमालेका उप-महासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले बाहेकका अरु दलहरुले एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

मंगलवार लुम्विनीमा आयोजित प्रेस चौतारी नेपालको ऐतिहासिक केन्द्रिय कमिटी बैठकलाई सम्वोधन गर्दै उनले एमाले बाहेकका अन्य दलहरु विचार विहिन भएको टिप्पणी गरे ।

बैठककाे प्रमुख अतिथी समेत गरेका पार्टीका उप-महासचिव गुरूङ्गले एमालेबाट अलग्गिएर सानो समूहमा खुम्चिएका माधवकुमार नेपाल नीति र विधि मिच्ने नेताको रुपमा रहेको उनले आरोप लगाए । विधिको कुरा गरेर पार्टी विभाजन गरेपनि उनी सवैभन्दा धेरै विधि मिच्ने नेताको रुपमा रहेको समेत टिप्पणी गरे । देश बनाउने स्पष्ट खाका एमालेसँग मात्र रहेको उनको ठोकुवा छ ।

प्रेस चाैतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतकाे अध्यक्षतामा भएकाे बैठकलाई सम्वोधन गर्दै एमालेका पोलिटव्यूरो सदस्य एवं जनसंगठन समन्वय संयत्रका संयोजक पूर्वमन्त्री भानुभक्त ढकालले नेकपा एमालेले केन्द्रिय महाधिवेशन नगरेको भए अन्य दलहरु कोरोनाको बाहाना बनाएर बस्ने बताए ।

एमाले देशको सवैभन्दा ठूलो र व्यवस्थित पार्टी भएकाले पार्टीमा आवद्ध भएका नेता, कार्यकर्ताले गर्व गर्ने खालको भएको सुनाए । अव हुने तीनवटै तहको निर्वाचनमा एमालेले स्पष्ट बहुमत लिएर सरकारको नेतृत्व गर्ने समेत उनले बताए ।

एमालेका पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज एवम् निवर्तमान प्रचार विभाग उपप्रमुख सूर्य थापाले विगतमा भएका कमीकमजोरीहरुलाई आत्मासमिक्षा गरी संगठनलाई थप सुदृढ गरेर अघि बढ्न सुझाव दिए ।

नेकपा एमालेको चितवनमा भएको दशौँ महाधिवशेनको नीति, नेतृत्व र कार्यविभाजन अनुसार संगठनलाई चलायमान बनाउन उनले आग्रह गरे । नेपाली पत्रकारिताको नेतृत्वदायी संगठनको रुपमा रहेको प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुले जनजिविकाका सवालहरुलाई प्रमुख प्राथमिकतामा दिएर कलम चलाउन उनले सुझाए ।

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मभूमी लुम्विनीलाई विश्वसामू चिनाउनका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले चौतारीमा आवद्ध पत्रकारहरुले यसतर्फ विशेष रुचि राख्न एमालेका पोलिटव्यूरो सदस्य एवं लुम्विनी क्षेत्रका नेता खिमलाल भट्टराइले आग्रह गरे । उनले लुम्विनीको बारेमा पत्रकारहरुलाई स्थलगत रिर्पोटिङ गर्न समेत सुझाए ।

पार्टीका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीको विचारधारालाई जनताको बीचमा स्थापित गर्नका लागि चुस्त संगठनको रुपमा प्रेस चौतारी रहेको उल्लेख गरे । उनले पार्टीमा गोलबन्द हुनेको देशभर जनलहर चलिरहेको बताउँदै नेता, कार्यकर्तामा थप उत्साह बढ्दै गएको बताए ।

केन्द्रिय महाधिवशेन पोखरामा हुने
आगामी माघ २२ र २३ गते पोखरामा प्रेस चौतारी नेपालको नवौँ केन्द्रिय महाधिवेशन गर्ने वैठकले निर्णय गरेको छ । त्यसका लागि उपाध्यक्ष गणेश बस्नेतको संयोजकत्वमा मुल व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

केन्द्रिय महाधिवेशन हुनुपूर्व देशभरका जिल्ला अधिवेशन पुस २८ र २९ गते, प्रदेश अधिवेशन माघ २ देखि ४ गतेसम्म गर्नुपर्ने बैठकले निर्णय गरेको चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे