आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने



आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने

काठमाण्डाै ५ कार्तिक । देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  छ । यस्तै, राति देशभरको माैसम आंशिकदेखि सामान्य बद्ली हुने छ । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने उनले बताए । यस्तै, भोलि पनि गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे