राप्ती नदीमा फसेका चार जनाको झण्डै २४ घण्टा पछि उद्धार



राप्ती नदीमा फसेका चार जनाको झण्डै २४ घण्टा पछि उद्धार

बाँके २ कार्तिक । बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।

हिजाे सोमवार बेलुकी नदीपारि वनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का चार जना स्थानीयवासीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आज उद्धार गरेको हाे । उनीहरू रातभरि नदीपारि फसेका थिए ।

उद्धार गरिएकाहरूमा ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी नायब निरीक्षक (सई) गोपाल शर्माले जानकारी दिनुभयो ।  अन्य तीन जना भने हिजाे नै नदी पाैडेर वारि आउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे