सरकार विरुद्ध २१ सगठन माइतीघरमा लाग्यो प्रतिबन्ध फुकाउनु पर्ने नारा



सरकार विरुद्ध २१ सगठन माइतीघरमा लाग्यो प्रतिबन्ध फुकाउनु पर्ने नारा

२९ गते बिहीबार ।  २१ राजनैतिक संगठनले आयोजना गरेको सरकार विरोधी विरोध प्रदर्शन भव्यताका साथ सफल भएको छ ।

कोरोनाको संक्रमण बढिरहेका बेला प्रत्येक संगठनबाट केवल ५/५ जना मात्र उपस्थित गराउने निणर्य बमोजिम आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका वर्तमान समस्यासँग सरोकार राख्ने नारा लगाइएको थियो ।

देश संकटमा पर्दै गएको भन्दै २१ संगठनले गत शनिबार सांकेतिक आन्दोलन गर्ने निणर्य गरिएको थियो । दिउसो १ बजेदेखि २ बजेसम्म “लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत भारतद्वारा अतिक्रमित सम्पूणर् नेपाली भूमि फिर्ता गर !, कोरोनाबाट रोगको निशुल्क र अनिवार्य उपचार सरकारले गर ! बेरोजगारीलाई रोजगारी दे ! राजनैतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर ! ” जस्ता नारा लगाइएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय जागर मञ्चका संयोजक गुणराज लोहनी लगायत अन्य संगठनका दोस्रो वरियताका नेताहरुको उपस्थिति रहेको थियो । सुरक्षाकर्मी सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे