LISTEN LIVE RADIO

लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता



लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाण्डाै २५ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै सत्तारुढ दल नेकपा एमाले संसदीय दलको तर्फबाट सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । एमाले प्रदेश अध्यक्ष लीला गिरीले रिट दर्ता गराउनुभएको र त्यसको पेसी भोलिका लागि तोकिएको सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले आउँदाे बुधवारका लागि विशेष अधिवेशन आह्वान गरे ।

तर सरकारसँगको छलफल र सहमतिविना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै सत्तारुढ एमाले संसदीय दलले विशेष अधिवेशन रोक्न माग गरेको छ ।  हिजो आइतवार अधिवक्ता गणेश घिमिरेले विशेष अधिवेशन रोक्न माग गर्दै दिएको निवेदन सर्वाेच्च अदालतले हकदैया नपुगेको भन्दै दरपिठ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे