LISTEN LIVE RADIO

देशका धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने



देशका धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने

काठमाण्डाै २२ साउन । देशका धेरै ठाउँमा तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु सामान्य अवस्थामा रहेकाले अबको दुई तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जू बासीले बताए ।

उहाँका अनुसार ठूलो पानी नपरे पनि देशका धेरै ठाउँको मौसम भने बद्ली हुने अनुमान छ । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताए । मनसुन थप सक्रिय नभए पनि बर्खाको समय भएकाले धेरै ठाउँमा हल्कादेखि मध्यमखालको पानी भने पर्न सक्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश १, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान भने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे