LISTEN LIVE RADIO

आज दिउँसाेपछि वाग्मती सहित ६ प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना



आज दिउँसाेपछि वाग्मती सहित ६ प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै १४ साउन । आज दिउँसाेपछि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो  । यस्तै राति पनि प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद्ले प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । यसपालि सरदरभन्दा धेरै वर्षा भएको छ ।

यसले बाढी पहिरोको जोखिम पनि बढाएको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे