भक्तपुरको सल्लाघारीलाई केन्द्र विन्दु बनाएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का



भक्तपुरको सल्लाघारीलाई केन्द्र विन्दु बनाएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं ८ साउन । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे