दाङमा बलात्कार गरेको आरोपमा २ जना पक्राउ



दाङमा बलात्कार गरेको आरोपमा २ जना पक्राउ

दाङ ७ साउन । दाङमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–४ निबासी २१ बर्षका बीर बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बिहे गर्ने भन्दै भगाएर लगेको १५ दिनपछि कुनै सम्बन्ध नभएको भन्दै घरबाट निकालेपछि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । नेपालीका विरुद्ध जाहेरी बुधबार प्रहरीमा परेको थियो । यसैगरी अप्राकृतिक मैथुन गरेको आरोपमा पश्चिम दाङबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ ढोलपुर निबासी १७ बर्षका वृद्धि बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे