पेट्रोलियम पदार्थको मूल्य घट्यो



पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं ३१ असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढिरहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नुपर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे