LISTEN LIVE RADIO

नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा



नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाण्डौ २१ जेठ । सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिट माथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो ।

आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो । अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा शुक्रवार तीन जना निवेदकका तर्फबाट मात्र बहस भएको छ । यसअघि, नागरिकता सम्बन्धी अध्यादेश विरूद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गरेका छन् ।

इजलाशमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की , मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । नागरिकता अध्यादेशविरुद्ध अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायत ६ जनाले रिट निवेदन दिएका छन् । रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे